News उदयपुर जिल्ला ए डिभिजन लिगः साथी समूह र फ्युजनको विजयी शुरुवात
गोलनेपाल

त्रियुगा । यहाँ शुरु भएको उदयपुर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा साथी समूह र फ्युजन फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

उद्घाटन खेलमा साथी समूहले बगाहा फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा साथी समूहका अमर थापा मगर म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा फ्युजनले आदर्श युवा क्लबमाथि ५–० को फराकिलो जित निकाल्यो । खेलमा फ्युजनका अभिक मगर म्यान अफ द म्याच चुनिए ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गरेका थिए ।

Post Comments