News प्रथम मणि मुकुन्द कप हुँदै
सुरज राना मगर

प्रभास । मणि मुकुन्द क्लब, तानसेन–७, प्रभास, पाल्पाको आयोजनामा यही जेठ १० गतेदेखि प्रथम मणि मुकुन्द कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बाघखोर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments