News बिर्तामोड झापा 'बी' डिभिजन लिगको सेमिफाइनलमा
रमेश समदर्शी

शनिश्चरे । बिर्तामोड युनाइटेड एफसी अर्जुनधारामा जारी झापा जिल्लास्तरीय 'बी' डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आइतबार भएको खेलबाट बिर्तामोडले आदर्श युवा क्लब बुद्धशान्तिलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

बिर्तामोडका लागि दिनेश चौधरीले दुई गोल र असिमजंग कार्कीले एक गोल गरेको थिए । खेलको प्लेयर अफ दी म्याच बिर्तामोडका असिमजंग कार्की भए । उनलाई पूर्व प्रदेश सांसद बृख प्रधानले नगद प्रदान गरे ।

'बी' डिभिजनमा झापाका ९ वटा क्लब सहभागी छन् । आज पहिलो सेमिफाइनल खेल बाहुनडाँगी युवा क्लब र सिरिजंगा स्पोर्टिङ क्लबबीच खेल हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा'ले जानकारी दिए ।

Post Comments