News
चीनसँग अष्ट्रेलिया, जापानसँग थाइल्याण्ड पराजित

काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा जारी एएफसी यु–१७ महिला एसियन कपतर्फ साविक विजेता जापानसँगै चीनले पनि विजयी शुरुवात गरेको छ ।
समूह बी मा रहेको जापानले थाइल्याण्डलाई ४–० ले हराउँदै चीनले अष्ट्रेलियामाथि ३–० को जित दर्ता गर्यो ।
समूह चरणको आफ्नो दोस्रो खेलमा १० मईका दिन चीनले थाइल्याण्डको सामना गर्नेछ भने सोही दिन जापान र अष्ट्रेलिया पनि भिड्ने छन् ।
प्रतियोगितामा सहभागि कुल आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समू्हको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फाइनल खेल १९ मईका दिन हुनेछ । प्रतियोगिताको फाइनल पश्चात शिर्ष तीन स्थान हासिल गर्ने टोली यसै वर्ष डोमिनिकन रिपब्लिकमा हुने फिफा यु–१७ महिला विश्वकपका लागि छनौट हुनेछन् ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध