News
पुलिसको जितमा अजित निर्णायक

शहिद स्मारक ए डिभिजन लिगमा बिहीबार सम्पन्न दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । पुलिसको जितमा खेलको ३१ औ मिनटमा अजित भण्डारीले एक मात्र निर्णायक गोल गरे । खेलमा पुलिसका तेज तामाङ म्यान अफ द म्याच घोषित भए ।
जितपछि पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीको लक्ष्य लिग उपाधि जित्ने रहेको बताए । उता जावलाखेलका प्रशिक्षक राजकुमार केसीले आफुहरुले योजना बनाएरअनुसार खेल्न नसकेको प्रतिक्रिया ।
लिग अन्तरगत शुक्रबार पहिलो खेलमा बिहान ११ बजे हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा दिनको ३ बजे मनाङ मस्र्याङ्दी क्लब र बिग्रेड ब्वाईज क्लब आमने सामने हुनेछन् ।
Post Comments