News
इरानलाई किर्तिमानी १३औं पटक फुटसल एसियन कपको उपाधी

काठमाडौ (एजेन्सी) । थाइल्यान्डमा सम्पन्न भएको एएफसी फुटसल एसियन कपको उपाधी इरानले किर्तिमानी १३औं पटक जितेको छ ।
फाइनलमा इरानले आयोजक थाइल्यान्ड माथी ४-१ को जित निकाल्दै उपाधी माथी कब्जा जमाउन सफल भएको हो । इरानले अन्तिमपटक सन २०१८ मा यो उपाधी जितेको थियो ।
त्यस्तै तेस्रो स्थानका लागि भएको म्याचमा उज्वेकिस्तानले ताजिकिस्तानलाई टाइब्रेकरमा ३-१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ५-५ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
स्मरण रहोस, यसै बर्ष हुने फिफा फुटसल विश्वकपमा यसपटक एसियाबाट इरान, उज्वेकिस्तान, थाइल्यान्ड, ताजिकिस्तान र अफगानिस्तान गरि कुल ५ टोलीहरुले सहभागिता जनाउने पक्का भएको छ । उज्वेकिस्तान भने आयोजक समेत हो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध