News
साविक विजेता साउदी विरुद्ध उज्वेकिस्तानको बदला

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कपतर्फ डिफेन्डिङ च्याम्पियन साउदी अरेबिया क्वाटरफाइनलबाटै बाहिरिएको छ । तेस्रो क्वाटरफाइनलतर्फ साउदीले गत संस्करणको उपविजेता उज्वेकिस्तानसँग ०–२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
रोचक कुरा त, गत संस्करणको फाइनलमा साउदीले उज्वेकिस्तानमाथि समान २–० को जित निकाल्दै उपाधि जितेको थियो ।
त्यस्तै प्रतियोगिताको चौथो क्वाटरफाइनलमा इराकले भियतनाममाथि १–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । साथै यी दुई खेलको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
सोमबार हुने पहिलो सेमिफाइनलमा इण्डोनेसियाले उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा इराकले बलियो जापानसँग पतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध