काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ बिहीबार भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारी एफसी र महाबीर क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा सामाजिक युथ क्लब र सानेपा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे । सानेपाले खेलको नवौं मिनट मै सभ्रान्त डंगोलको गोलबाट शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन सकेन । उता सामाजिक युथका लागि ४४औं मिनटमा युगेश श्रेष्ठले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै