News
सातौं खादले सिद्धदेवी गोल्डकपको खेलतालिका सार्वजनिक

चौबिसे । चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र ९सिसिडिआइसी० फुटवल क्लवको आयोजनामा आउँदो बैशाख २ गतेदेखि शुरु हुन गईरहेको सातौं खादले सिद्धदेवी गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुक स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बैशाख २ गतेका दिन पानबारी एफसी, धरान र योङ्ग स्टार, बेलबारी भिड्ने आयोजकले जानकारी दियो । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख ५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा