News
स्वदेश फर्कियो टिम नेपाल

काठमाडौ । फिफा विश्वकप छनौटतर्फ बहराइनसँगको दुई होम एण्ड अवे म्याच खेलेर नेपालको राष्ट्रिय फुटबल टोली बुधबार राती फ्लाई दुवई मार्फत स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले बहराइन विरुद्धको होम एण्ड अवे दुवै म्याच बहराइन मै खेलेको थियो । नेपालले बहराइनसँग पहिलो लेगको खेलमा ५-० र दोस्रो लेगको खेलमा ३-० को हार बेहोरेको थियो ।
अब नेपाली टोलीले मई ६ तारीखका दिन इङ्ल्याण्डको सी टिमसँग हुने मैत्रीपूर्ण खेलका लागी आवश्यक तयारीमा जुट्नेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै