News
प्रथम तिलौराकोट गोल्डकपको तयारी पूरा (खेलतालीकासहित)

जितपुर । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा यही चैत १७ गतेदेखी शुरु हुन गईरहेको प्रथम तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत १७ गते घरेलु टोली कपिलवस्तु-११ र थ्रीस्टार क्लब भिड्नेछन ।
कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।
Post Comments