ओमसतिया । समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा समपुर्णले लिस्नु युवा क्लब, कोटिहवालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णका लागि सृजन क्षेत्रीले गोल गरेका थिए भने लिस्नुका लागि रन्जय चौधरीले गोल फर्काएका थिए । टाईब्रेकरमा भने समपुर्ण ४–२ ले विजयी बन्यो ।
खेलमा समपुर्णका गोलरक्षक रबिन बस्नेत म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत ४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल सन्जिवनी युवा क्लब, देवीनगर र झरना स्पोर्टस क्लब, कुन्जलापुर बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने