News
मलेसियासँग नेपालको हार
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको छनौट खेल खेल्ने तयारीमा रहेको नेपालले शुक्रबार भएको मैत्रीपूर्ण अभ्यास खेलमा बलियो मलेसियासँग हार बेहोरेको छ । मलेसिया कै घरेलु मैदानमा भएको खेलमा नेपालले मलेसियासँग १–५ को हार बेहोरेको हो ।
दर्शकविहीन बन्द रंगशालामा चार हाफमा बाँडेर खेलाइएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो मलेसिया विरुद्ध एक गोल भने फर्काउन सफल भयो । नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काए ।
स्मरण रहोस, विश्वकप र एसियन कप छनौटतर्फ नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग उसकै घरमा दुई खेल खेल्दैछ । सोही खेलको तयारी स्वरुप नेपालले मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेलेको हो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान