News
प्रदेश २ मा बन्दै फुटबल रंगशाला

महोत्तरी । नेपालभरि लकडाउनका कारण फुटबल गतिविधीहरु ठप्प जस्तै भइरहेको बेला प्रदेश २ को महोत्तरी जिल्ला स्थित बर्दिबासमा भने फुटबल रंगशालाको निर्माण कार्यले गति लिएको छ ।
बर्दिबास रंगशाला नाम दिइएको उक्त रंगशालाको हाल १८५ मिटर कम्पाउण्ड पर्खालको काम शुरु भएको छ । रंगशाला निर्माणका लागि खेलकुद मन्त्रालय र नगरपालिकाले पनि सहयोग गरेका छन् ।
तत्कालका लागि रंगशाला निर्माण गर्न खेलकुद मन्त्रालयले २५ लाख उपलब्ध गराएको छ भने बर्दिबास नगरपालिकाले १० लाख ७१ हजार उपलब्ध गराएको छ ।
जिल्लाको खेलकुद विकासमा आफूहरु सधै तत्पर रहेको बताउँदै बर्दिबास नगरपालिकाले रंगशाला निर्माण गर्न आगामी दिनहरुमा थप सहयोग र पहल गर्ने वचन समेत दिएको छ ।
Post Comments