News चर्च ब्वाईजलाई हराउँदै काकरभिट्टा सेमिफाइनलमा
गोलनेपाल

धरान । सोमबार मात्रै छैटौं झापा गोल्डकपको उपाधि जितेर धरानमा बुढासुब्बा गोल्डकप खेल्न आएको चर्च ब्वाईज युनाइटेड क्लब मंगलबार पहिलो खेल मै पराजित भएको छ । चर्च ब्वाईजलाई काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

धरान रंगशालामा भएको खेलमा काकरभिट्टाका लागि आशिष चापागाईंले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने काकरभिट्टा कै बिशाल घलान घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३० गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक धरान एफसी र मोरङ जिल्ला फुटबल संघ बीच हुनेछ ।

धरान फुटबल क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत ३ गतेका दिन हुनेछ ।

Post Comments