बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड यहाँ जारी प्रथम अमर युवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी, अर्जुनधारालाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको १५ मिनेटमा बुट्टाबारीे युनाइटेडका सोना लिम्बुले गरेको पहिलो गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको ५१ औँ मिनेटमा शनिश्चरे एफसीका अनिस राइले रातो कार्ड पाए पछी शनिश्चरे ८ खेलाडीमा सिमीत भएको थियो । खेल अवधी भर कुनै पनि गोल गर्न नसक्दा शनिश्चरे एफ सी प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा निर्णायक गोल गरेका गरेका बुट्टाबारीेका सोना लिम्बु म्यान अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरे ।
अमर युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा