काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपतर्फ समूह बी बाट नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राती सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियामाथि १–० को जित निकालेपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लागेको हो ।
स्मरण रहोस, बिहीबार नै भएको अर्को खेलमा नेपालले इराकमाथि ५–० को जित निकालेको थियो । यो नतिजापछि लगातार दुई खेलमा जित हात पारेका नेपाल र प्यालेस्टाइन समूह बी बाट एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।
दुई खेलको समाप्ती पश्चात नेपाल र प्यालेस्टाइनको समान ६–६ अंक छ र समूहको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै अंकविहीन सिरिया र इराक भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् र समूह चरणबाटै बाहिरिएका छन् ।
अब समूह चरणको अन्तिम खेलमा २४ फेब्रुअरीका दिन सिरिया र इराक प्रतिष्ठाका लागि भिड्ने छन् भने सोही दिन नेपालले प्यालेस्टाइनको सामना गर्नेछ । र, यी दुई टोली बीचको नतिजा समूह बी को समूह विजेता र उपविजेताको टुंगो समेत लाग्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट