News
एन्फाद्वारा फुटसल कमिटीमा फेरबदल
काठमाडौं । आन्तरिक विवादमा रुमल्लिरहेको हल्ला चलिरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटीमा फेरबदल गरेको छ ।
जसअन्तरगत एन्फाले संयोजक दावा कुंगा लामालाई हटाएर उक्त पदमा रत्न कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ एन्फाको कार्यसमिति सदस्य समेत हुन् । यद्यपि कमिटीका अन्य सदस्यहरुमा भने पुरानै अनुहार रहेका छन् ।
श्रोतका अनुसार पदबाट हटाइएका लामा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकट नेम्वाङका निकट मानिन्छन् । स्मरण रहोस, नेम्वाङले हाल एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टी प्रकट गर्दै आवाज उठाइरहेका छन् ।
त्यस्तै एन्फाले कार्यसमितिका सदस्यद्वय शिक्षित पराजुली र बिर बहादुर खड्कालाई क्रमशः पदपुर्ति समिति र एमए समन्वय समितिको संयोजकमा नियुक्त गरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै