News
जितका साथ मच्छिन्द्र युथ लिग च्याम्पियन

काठमाडौं । बुधबार सम्पन्न एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । एन्फा कम्प्लेक्समा भएको लिग चरणको अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १ लाख हात पार्यो भने दोस्रो स्थान हासिल गरेको नेपाल एपिएफले ५० हजार सहित ट्रफीमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ नेपाल पुलिस क्लबका सुबास बम प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । मच्छिन्द्रका पेम्बा नर्बु भुटिया उत्कृष्ट गोलरक्षक बने । संकटाका सबिन लुंगेली मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त