News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ९ र १० लाई तीन अंक
गोलनेपाल

तरहरा । दोस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल अन्तर्गत वार्ड नम्बर ९ र १० ले आ–आफ्नो खेलमा जित हात पार्दै तीन–तीन अंक जोड्न सफल भएका छन् । पहिलो खेलमा वार्ड नम्बर ९ ले वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो ।

देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ९ का लागि सुरेश कुमार लिम्बुले दुई गोल गरे भने सन्तोष श्रेष्ठ, रुने बिष्ट, पमिन मगर र बिमल राईले समान १–१ गोल गरे । खेलमा वार्ड नम्बर ९ का सुरेश कुमार लिम्बु म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ११ माथि शून्यका विरुद्ध ५ गोलको अर्को सहज जित हात पार्यो । वार्ड नम्बर १० को जितमा मनिष राईले दुई गोल गरे भने श्याम उराव र सनम मगरले एक–एक गोल गरे । खेलमा वार्ड नम्बर १० का श्याम उराव म्यान अफ द म्याच चुनिए ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments