News १४औ खम्बु ल्होसार कपको तयारी पूरा
गोलनेपाल

काठमाडौं । यही माघ २९ गतेदेखि शुरु हुन गईरहेको १४औ खम्बु ल्होसार कप फुटबल प्रतियोगिताको टाई सिट ड्र कार्यक्रम सिद्दार्थ होटेल काठमाडौंमा सम्पन्न सँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ |

यम्बु ठमिछो किदुग र ठमीछ्होवा युवा समुहले संयुक्त रुपमा आयोजना गर्ने यस संस्करणको शिर्षक प्रयोजक 14 peaks expedition को प्रमुख श्री टाशी लाक्पा शेर्पा र मुख्य प्रयोजक Elite exped को डाइरेक्टर श्री मिङमा डेभिड शेर्पाको बिशेष अतित्यमा ल्होसार कप आयोजक समितिको मुख्य संयोजक श्री मिङमा शेर्पा, यम्बु ठमिछो किदुगको अध्यक्ष श्री छिरिङ वाङचु शेर्पा , ठमीछ्होवा युवा समूह र यम्बु ठमिछो किदुगको कार्यसमिति सदस्यहरु, सम्पूर्ण सहभागी टिमहरुको प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थितिमा भएको कार्यक्रममा यस प्रतियोगिता आयोजक समितिको तर्फबाट प्रतियोगिता सम्बन्धमा प्रेश बिज्ञप्ती पनि जारी गरिएको थियो |

यस प्रतियोगिताको उद्घाटन खेल आयोजक टिम ठमीछ्होवा फुटबल क्लब र खुम्जुङ युवा क्लबबीच माघ २९ गते सानोगौचरण फुटबल ग्राउण्डमा दिउसो ११ बजे हुने तय भएको छ |

गोल नेपाल डट कमको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने यस प्रतियोगिताको शिर्षक प्रयोजकको रुपमा 14 peaks expedition रहेको छ भने मुख्य प्रयोजकको रुपमा खुम्बु पासाङल्हामु गाउपालिका र Elite exped रहेको छ | सोलुदुधकुण्ड नगरपालिका, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, Everest Sherpa Foundation ले पनि आर्थिक प्रयोजन गरेको यस प्रतियोगिताको प्रयोजकहरु क्रमश: 8k Expeditions, फुनुरु शेर्पा; वडाध्यक्ष,खु.पा.गा.पा-१ ,कामी रिता शेर्पा, Climbalaya Treks and Expedition, खुम्बु लज नाम्चे, Trekking Team Nepal, Summiteer Mountain Gear, Holiday lodge Namche , Sherpa Outfit, Nepal Air link रहेको छन |

साथै यस प्रतियोगिताको सह-प्रयोजकहरुमा Altitude Air, Aero Trust Travel & Tour, Nirman Sansar, Prakash Singh Karki, Ang Pasang Sherpa, K2 summit treks and expedition, Go to Himalaya treks,Sherpalaya trek, Nuru sherpa, Pioneer Adventure, Everest Trekkers Lodge Pheriche, Sherpa Barista Bakery & Café Namche र फुनुरु शेर्पा रहेको जानकारी गराउन चाहन्छु | साथै यस प्रतियोगिताले अधिकारिक मेडिकल पार्टनरको रुपमा हेल्पिङ ह्यान्डस हस्पिटल, इन्टरनेट पार्टनरको रुपमा नेपाल एयरर्लिंक, किट पार्टनरको रुपमा एभरेस्ट आउटफिट र फोहोर व्यस्थापन पार्टनरको रुपमा Blue waste to value लाई पाएको छ |

Post Comments