काठमाडौं । नेपालका चर्चित फरवार्ड अन्जन बिष्टले सिक्किम प्रिमियर लिगको दोस्रो संस्करण खेल्ने भएका छन् । अन्जनलाई थन्डरबोल्ट नर्थ युनाइटेडले विदेशी कोटामा अनुवन्ध गरेको हो । अन्जनको अनुवन्धबारे क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।
थन्डरबोल्टले अन्जनको अनुवन्धलाई क्लबको ‘ऐतिहासिक’ अनुवन्धका रुपमा समेत घोषणा गरेको छ । साथै अन्जनको आगमनले क्लब थप बलियो हुने र युवा खेलाडहिरुले पनि उनीबाट सिक्ने अवसर पाउने उल्लेख गरेको छ ।
सिक्किम प्रिमियर लिग शनिबारदेखि शुरु भईसकेको छ । साथै अन्जनको टोली थन्डरबोल्टले सोमबार पाल्जोर स्टेडियममा रोअरिङ लियोपार्ड विरुद्ध खेल्दै नयाँ सिजनको शुरुवात गर्दैछ । यद्यपि सो खेलका लागि अन्जनको उपस्थितिबारे भने क्लबले अझै जानकारी दिएको छैन ।
स्मरण रहोस, अन्जनले हालै सम्पन्न दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबका लागि खेलेका थिए । त्यस्तै पोखरा गोल्डकपमा भने संकटा क्लबका लागि खेलेका थिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने