
काठमाडौं (एजेन्सी) । प्रभावशाली जितका साथ पूर्व विजेता जापान जारी प्रतिष्ठित एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सातौं प्रिक्वाटरफाइनलतर्फ जापानले बहराईनमाथि ३–१ को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
दोहा स्थित अल थुमामा स्टेडियममा भएको खेलको ३१औं मिनटमा रित्सु डोआनको गोलबाट जापानले खेलमा अग्रता बनाएको थियो । ४९औं मिनटमा ताकेफुसा कुबोले जापानका लागि दोस्रो गोल थपे । तर ६४औं मिनटमा जापानी गोलरक्षक जिओन सुजुकीको गल्तीमा जापानले आत्मघाती गोल खान पुग्यो ।
गोल फर्काए लगतै उत्साहित बनेको बहराईनको त्यो उत्साह धेरैबेर टिक्न सकेन । ७२औं मिनटमा आयासे उएदाले जापानका लागि तेस्रो गोल गर्दै ब्लु सामुराईको क्वाटरफाइनल स्थान सुरक्षित गरे । जापानले ३ फेब्रुअरीका दिन हुने क्वाटरफाइनलमा इरान वा सिरियासँग खेल्नेछ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध