
काठमाडौं (एजेन्सी) । तीनपल्टको विजेता साउदी अरब पनि जारी एएफसी एसियन कपतर्फ समूह एफबाट लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार अबेर राती सम्पन्न खेलमा साउदीले किर्गिस्तानलाई २–० ले हराउँदै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह एफमा दुई खेलबाट ६ अंक जोडेको साउदी शिर्ष स्थानमा छ र एक खेल खेल्नु अघि नै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । आइतबार नै भएको समूह एफको अर्को खेलमा थाइल्याण्ड र ओमानले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको थाइल्याण्ड दोस्रो स्थानमा छ । थाइल्याण्डले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई नै २–० ले हराएको थियो । त्यस्तै १ अंक जोडेको ओमान समूह एफको तेस्रो स्थानमा रहँदा अंकविहीन किर्गिस्तान पुछारमा छ ।
अब समूह चरणको अन्तिम खेलमा २५ जनवरीका दिन साउदीले थाइल्याण्डसँग खेल्नेछ भने सोही दिन ओमान र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन् । समूह एफबाट थाइल्याण्डको सम्भावना बलियो छ भने ओमानको पनि नकआउट चरण प्रवेशको सम्भावना कायम छ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध