
काठमाडौं (एजेन्सी) । उपाधिको बलियो प्रत्याशी जापानलाई हराउँदै इराक लगातार दोस्रो जितका साथ समूह डी बाट नकआउट चरणमा प्रवेश गरेको छ । कतारको अल रयन स्थित एजुकेशन सिटी स्टेडियममा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा इराकले जापानलाई २–१ ले स्तब्ध तुल्यायो ।
स्मरण रहोस, इराकले आफ्नो पहिलो खेलमा इण्डोनेसियालाई ३–१ ले पराजित गरेको थियो । त्यस्तै जापानले भने भियतनाममाथि ४–२ को जित निकालेको थियो । यो जितपछि २ खेलबाट ६ अंकका साथ इराक शिर्ष स्थानमा रहेर एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।
पराजित जापान ३ अंकका साथ दोस्रो स्थानमा रहँदा अंकविहीन भियतनाम र इण्डोनेसिया तेस्रो र चौथो स्थानमा छन् । साथै, यी दुई टोली शुक्रबार नै आमने सामने हुँदै छन् । समूह डी बाट जापानसँगै भियतनाम र इण्डोनेसियाको नकआउट चरण प्रवेशको सम्भा
समूह चरणको अन्तिम खेलमा २४ जनवरीका दिन जापानले इण्डोनेसियाको सामना गर्नेछ भने सोही दिन इराकले भियतनामसँग खेल्नेछ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध