
काठमाडौं (एजेन्सी) । प्रतिष्ठित एएफसी एसियन कपतर्फ पूर्व विजेता अष्ट्रेलिया लगातार दोस्रो जितका साथ आफ्नो समूहबाट नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी मा रहेको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा सिरियामाथि १–० को जित निकाल्यो ।
पहिलो खेलमा भारतलाई २–० ले हराएको अष्ट्रेलिया ६ अंकका साथ समुह बी को शिर्ष स्थानमा छ । र, नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । समूह बी कै अर्को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० ले हराउँदै पहिलो जित दर्ता गर्यो ।
समूह बी मा दूई खेल पश्चात् अष्ट्रेलियापछि ४ अंकका साथ उज्वेकिस्तान दोस्रो स्थानमा छ । १ अंक जोडेको सिरिया तेस्रो स्थानमा रहँदा अंकविहीन भारत पुछारमा छ । , र भारतको सम्भावना लगभग समाप्त भएको छ ।
समूह बी तर्फको अन्तिम खेलहरुमा २३ जनवरीका दिन अष्ट्रेलियाले उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन सिरिया र भारत पनि भिड्ने छन् ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध