News
लेबनान र चीन बराबरीमा रोकिए

काठमाडौं (एजेन्सी) । कतारमा जारी एएफसी एसियन कपतर्फ समूह ए मा बुधबार चीन र लेबनानले बराबरी खेलेका छन् । दोहा स्थित अल थुमा स्टेडियममा भएको खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्मरण रहोस, समूह चरणको आफ्नो पहिलो खेलमा लेबनानले कतारसँग ०–३ को हार बेहोरेको थियो भने चीनले ताजिकिस्तानसँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । र, समूह ए मा अहिलेसम्म चारै टोलीहरुको नकआउट चरण प्रवेशको सम्भावना कायम छ ।
प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको समापन भने १० फेब्रुअरीका दिन लुसैल स्टेडियम मै हुनेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध