News एकदिने खुला फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । सिपाडोल वार्ड नम्बर ८ को आयोजनामा यही पुस २८ गतेका दिन एक दिने खुला फुटसल प्रतियोगिता हुने भएको छ । हेल्दी फुटसल प्रा.लि. मा हुने प्रतियोगिताको यही पुस २७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।

टिमदर्ता शुल्क ३५०० तोकिएको छ । साथै दर्ता शुल्क वापतको २००० डिजिटल वालेटमार्फत अग्रिम बुझाउनु पर्ने पनि खेल संयोजक निरोज थापाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments