काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आईरहेको प्रतिष्ठित एनएसजेएफ स्पोर्टस अवार्डलाई चर्चित व्यापारिक प्रतिष्ठान हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. को बजाज पल्सर मोटरसाइकलले नै प्रायोजन गरेको छ ।
पछिल्लो १४ वर्षदेखि निरन्तर अवार्ड कार्यक्रमलाई प्रायोजन गर्दै आएको बजाज कम्नीले १५औं वर्ष पनि त्यो साथलाई निरन्तरता दिएको हो । आयोजक मञ्चका अनुसार अवार्ड कार्यक्रम आउँदो माघ १२ गतेका दिन हुनेछ ।
अवार्ड कार्यक्रमको २०औं संस्करणमा अवार्डको स्वरुपलाई केही परिमार्जन गरिएको मञ्चले जनाएको छ । मञ्चका अनुसार मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिएको हो । साथै त्यसबारे विस्तृत जानकारी छिटै गराइने पनि मञ्चले जनाएको छ ।
त्यस्तै विगतमा झै यस वर्ष पनि अवार्डमा ९ विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रहेका छन् ।
मनोनयनमा नहुने लाईफटाईम एचिभमेन्ट अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा भने अवार्ड कार्यक्रम कै दिन गरिने पनि मञ्चले जानकारी दियो ।
मनोनयनमा पर्ने पाँच विधाका अवार्ड विजेताहरुले बजाज पल्सर मोटरसाइकल हात पार्नेछन् । त्यस्तै अन्य विधाका अवार्ड विजेताहरुलाई नगद ५० हजारसहित सम्मानित गरिने मञ्चले जनाएको छ ।
स्मरण रहोस गत वर्ष पुरुषतर्फ फुटबलका अन्जन, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकमा फुटबल कै अ ब्दुल्लाह अलमुताइरी तथा युवा खेलाडीमा फुटबलका मनिष डाँगीले यो अवार्ड जितेका थिए । पिपल्स च्वाइस अवार्ड भने भलिबलकी उषा भण्डारीले जितेकी थिईन् ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि