
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशव्यापी रुपमा गरेको छनौट कार्यक्रमबाट राष्ट्रिय यु–१९ महिला फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणका लागि ३५ खेलाडीहरु छनौटमा परेका छन् ।
दोस्रो चरणको छनौट कार्यक्रमबाट बन्द प्रशिक्षणमा छनौट भएका खेलाडीहरुलाई एन्फाले आवश्यक कागजातसहित पुस २२ गते आइतबार दश बजे एन्फा कम्प्लेक्समा सम्पर्क गर्न जानकारी समेत गराएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरु मध्येबाट आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म बंगलादेशमा हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय यु–१९ महिला फुटबल तयार पारिने पनि एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका ३५ खेलाडीहरुः
गोलकिपर्सः लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, राधिका ओली
डिफेन्डर्सः दिव्या यसमाली मगर, सीता रोकाया, अस्मिता भुल, रेनु लिम्बु, गंगा रोकाया, सानुमाया वाइबा, प्राशना भुजेल, रोजिता बिष्ट, सिमरन राई, सरिता कुमारी नाथ, माया मास्के, दिपा मगर, रुपा लिम्बु
मिडफिल्डर्सः भु कुमारी खड्का, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशिलाा केसी, सबिता मण्डल, काजल स्याङ्तन, भावना परियार, सारा बज्राचार्य, पुनम चेम्जोङ
फरवार्डसः सेनु परियार, समिक्षा मगर, सजिना स्याङ्तन, लिला चन्द ठकुरी, सुक्रिया मिया, बर्षा ओली, साधना थापा, पुर्णिमा राई, मिना देउवा
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै