
काठमाडौं । नेपाली फुटबलमा आफूलाई अभ्यस्त बनाईसकेका रेफ्री श्याम दनुवारसँगै सहायक रेफ्रीहरु प्रकाश भुजेल, मेरिना धिमाल र हरिष कार्की सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्रीको सूचीमा परेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको नयाँ सूचीमा यी चार नयाँ अनुहारहरुले फिफा रेफ्रीको दर्जा पाएका हुन् । समग्रमा सन् २०२४ का लागि फिफा रेफ्रीको त्यो सूचीमा नेपालबाट कुल १२ रेफ्रीहरु परेका छन् ।
श्याम दनुवारले फिफा रेफ्रीको सूचीबाट बाहिरिएका प्रकाश नाथ श्रेष्ठको स्थान लिएका छन् । त्यस्तै प्रकाश भुजेल र हरिष कार्कीले स्व. बिक्रम चौधरी र युनाम मल्लको स्थान लिएका छन् । स्मरण रहोस, स्व. बिक्रम चौधरीको गत भदौमा निधन भएको थियो भने युनाल मल्ले हाल विदेशिएका छन् ।
त्यस्तै महिलातर्फ मेरिना धिमालले राधिका शाक्यको स्थान लिएकी छिन् । सन् २०२३ का मुख्य फिफा रेफ्रीहरु नविन्द्र महर्जन, कविन ब्यञ्जनकार र प्रज्ज्वल क्षेत्रीले यस वर्ष पनि निरन्तरता पाएका छन् । त्यस्तै अन्य सहायक रेफ्रीहरुमा ननिराम थापा, किशन यादव, माधव खत्री, सहदेव श्रेष्ठ र महिलातर्फ अन्जना राई यथावत छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै