News संजय निर्णायक बन्दा सिद्धिचरण क्वाटरफाइनलमा
गोलनेपाल

मानेभञ्ज्याङ । सिद्धिचरण नगरपालिका, ओखलढुङ्गा यहाँ जारी प्रदेश स्थानीय तह प्रथम अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ सिद्धिचरणले कटारी नगरपालिका, उदयपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । सिद्धिचरणको जितमा संजय गुरुङले दोस्रो हाफको आठौं मिनटमा गरेको एक मात्र निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता संजय गुरुङ नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस १९ गते बिहीबारको पहिलो खेल १२ बजे लिखु गाउँपालिका, ओखलढुङ्गा र नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु बीच हुनेछ भने दोस्रो खेल २ बजे मोलुङ्ग गाउँपालिका, ओखलढुङ्गा र थुलुङ्ग गाउँपालिका, सोलुखुम्बु बीच हुनेछ ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments