News फालेलुङमा माघेनी मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने
गोलनेपाल

फालेलुङ । मगर समुदायहरुको महान पर्व माघे संक्रान्तीको अवसर पारी नेपाल मगर संघ, फालेलुङ–७, पाँचथरको आयोजनामा यही पुस २९ गतेदेखि माघेनी मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

फालेलुङ–७ स्थित विहिदिन आधारभुत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । पुरुष फुटबलतर्फ टिमदर्ता शुल्क ५ हजार र धरौटी रकम १ हजार तोकिएको छ भने महिलातर्फ टिमदर्ता शुल्क १२०० र धरौटी रकम ५०० तोकिएको छ ।

टिमदर्ता गर्ने अन्तिम मिति पनि पुस २९ गतेसम्म तोकिएको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १,००,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला फुटबलतर्फको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिपक मगरले जानकारी दिए ।

त्यसैगरी सोही अवसरमा माघ ५ र ६ गतेका दिन ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरिएको छ । ब्याडमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार ७ हजार राखिएको खेल संयोजक दिपेश राना मगरले बताए ।

सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

Post Comments