News
प्रथम मालेपाटन कप हुँदै

पोखरा । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मालेपाटन युवा क्लब, पोखरा–५, मालेपाटनको आयोजनामा यही पुस २४ देखि माघ ५ गतेसम्म प्रथम मालेपाटन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा–५ स्थित मालेपाटन खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ६००० तोकिएको पनि आयोजक क्लबका सुजन गुरुङ्गले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अनुशासित टोलीलाई पनि नगद ६ हजारले पुरस्कृत गरिनेछ । व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्का सदस्य सुदिप गिरीले बताए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने