
पोखरा । मोफसल कै प्रतिष्ठित र पुरानो मध्ये एक १८औं आहा! रारा गोल्डकपको फाईनलमा दुई चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।
शुक्रबार फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रि म्याच कन्फिरेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । प्रि म्याच कन्फिरेन्समा बोल्दै पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेल आफ्नो टिमका लागि निकै महत्वपुर्ण रहेको बताए ।
राजधानीमा सम्पन्न लिग र बुढाशुब्बामा मनाङसँग पराजित भएकोले यसपटक फाइनलमा मनाङलाई हराउँदै त्यसको बदला लिने मौका नचुकाउने थापाले बताए । थापा भन्छन् ‘मैदानमा परिस्थिति अनुसार रणनीति तयार गर्ने छौं र ९० मिनेट भित्र नतिजा आउने गरि खेल्ने छौं । उता पुलिसका कप्तान भरत शाहले फाइनलमा आफ्नो टिमले जित निकाल्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले आफ्नो टिमले मैदानमा स्वाभाविक लयमा खेल्ने बताए । उनले भने– ‘एउटा कुरा हामीले बिर्सेका छैनौ कि हामी पुलिस जस्तो उत्कृष्ट टिम विरुद्ध मैदानमा उत्रिदै छौं, जे जस्तो भए पनि हाम्रो रणनिती उपाधी उचाल्नु नै हुनेछ ।’
त्यसैगरी कन्फिरेन्समा उपस्थित मनाङका कप्तान कमल श्रेष्ठले पुलिस राम्रो टिम भएको साथै स्पिड र पावर गेम खेल्ने हेक्का राखेर आफुहरुले खेल्ने बताए । लिग र वुढासुव्वामा पुलिसलाई हराएको स्मरण गर्दै कप्तान श्रेष्ठले पोखराको फाइनलमा भिड्दा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिने बताए । श्रेष्ठका अनुसार सदा र्झै यसपटक पनि पोखरेली समर्थकहरुको साथ रहने समेत विश्वास व्यक्त गरे ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड