News काठमाडौं भर्सेज बिरगंजः रेजर्सलाई शिर्ष चार कै चुनौति
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बिहीबार हुने एक मात्र खेलमा साविक विजेता काठमाडौं रेजर्सले बिरगंज युनाइटेड एफसीको सामना गर्दा रेजर्सको नजर शिर्ष चार भित्रै उक्लिनु हुनेछ ।

६ खेलबाट ९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा रहेको काठमाडौंले प्ले अफको सम्भावनालाई कायम राख्न बिरगंज विरुद्ध आफु अनुकुल नतिजा निकाल्नु पर्नेछ । काठमाडौं भन्दा माथि चौथो र तेस्रो स्थानमा रहेका क्रमशः झापा र ललितपुरको समान १०–१० अंक छ ।

त्यस अर्थमा पनि काठमाडौंले बिरगंजसँग बराबरी नतिजा निकाले पनि प्ले अफका लागि आफ्नो सम्भावनालाई कायम राख्नेछ । उता ६ खेलबाट ५ अंकका साथ पुछारमा रहेको बिरगंज शिर्ष चारको होडबाट बाहिरिसकेको छ ।

बिहीबार काठमाडौंले बिरगंजको सामना गर्दा डिफेन्डिङ च्याम्पियनलाई केही दबाब पनि हुने अनुमान गरिएको छ । बिरगंज भने दबाबमुक्त भएर काठमाडौंलाई कडा चुनौति दिने योजनामा रहनेछ ।

खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments