
काठमाडौं । नवप्रवेशी टोली झापा सनसनीपूर्ण जितका साथ दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लिगतालिकाको शिर्ष चारमा उक्लिएको छ । बुधबार जित्नै पर्ने खेलमा झापाले दावेदार मध्ये एक मानिएको अपराजित धनगढी फुटबल क्लबलाई २–० ले हरायो ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा झापाले दुवै गोल दोस्रो हाफ गर्यो । ५३औं मिनटमा कप्तान अन्जन बिष्टको गोलबाट अग्रता बनाएको झापाले ७७औं मिनटमा समिराज थोकरको गोलबाट त्यो अग्रता दोब्बर बनायो । जुन अग्रता खेलको निर्णायक नतिजा पनि बन्यो ।
खेलमा झापाका कप्तान अन्जन बिष्ट प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । यो जितपछि ७ खेलबाट १० अंक जोडेको झापा चौथो स्थानमा उक्लिएको छ । र, प्ले अफको सम्भावनालाई पनि कायम राखेको छ ।
उता लिगमा पहिलो हार बेहोरेको धनगढीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । र, ७ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने १४ अंकका साथ पोखरा थन्डर्स छ र पोखराले प्ले अफमा पनि स्थान सुरक्षित गरिसकेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय