News
हारबाट जोगियो रोहितको टोली पेर्सिक
काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरी सोमबार सम्भावित हारबाट जोगिएको छ ।
पेर्सिकको घरेलु मैदानमा भएको खेलमा पेर्सिकले पाहुना टोली पिएसएमसँग हार नजिक पुगेर पनि रोमाञ्चक १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भयो । खेलको ८६औं मिनटमा युरानको गोलबाट पिएसमएले खेलमा अग्रता बनाएको थियो ।
एक समय हारको संघारमा पुगेको पेर्सिकका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जिम केलीले इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको सम्भावित हार टारे भने महत्वपूर्ण अंक खोस्न पनि सफल भएका थिए ।
खेलमा रोहितले पनि पहिलो रोजाई मै रहेर पेर्सिकका लागि पूरा समय खेले । यो नतिजापछि २३ खेलबाट ३४ अंक जोडेको पेर्सिक लिगतालिकाको छैठौं स्थानमा छ । उता पिएसएम भने २९ अंकका साथ ११औं स्थानमा छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने