बागमती । जावलाखेल युथ क्लब यहाँ जारी चौथो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा जावलाखेलले युके एफसी, दार्जिलिङलाई २–० ले हरायो र अन्तिम चारमा स्थान पक्का गर्यो ।
जावलाखेलको जितमा पहिलो गोल १४औं मिनटमा रुप बहादुर लामाले गरे । त्यस्तै दोस्रो गोल भने ६८औं मिनटमा फोडे फोफोनाले गरे । खेलको म्यान अफ द म्याच भने जावलाखेलका पहिलो गोलकर्ता रुप बहादुर लामा घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र फुटबल बुट हात पारे ।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जावलाखेलले चैत्र १ गते दोस्रो सेमिफाइनलतर्फ कंचनजंगा एफसी, भारतसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन ३० गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदुरपश्चिम–११ स्पोर्टस क्लबबीच हुने आयोजकले जनाएको छ ।
बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र २ गतेका दिन हुनेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न