पाँचथर । मोरङको डाँगीहाट एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक पाँचथर एफसीमाथि बाजी मार्दै डाँगीहाट उपाधि नजिक पुगेको हो ।
आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पाँचथरविरुद्ध टाइब्रेकरमा ४-१ गोलअन्तरमा मोरङ फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलको निर्णय टाइब्रेकरबाट लिइँदा पाँचथरका कप्तान रोशन आङ्देम्बेको प्रहार बाहिरिएको थियो भने प्रकाश धमलाको प्रहार डाँगीहाटका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए । पाँचथरका लागि असिम राईको प्रहारमात्र गोलमा परिणत भएको थियो ।
डाँगीहाटका लागि उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच डाँगीहाटका गोलरक्षक प्रमिजय गच्छदार भए । उनले नगद ५ हजार पाए ।
आजको विजेता टोली डाँगीहाटले फाइनल पुग्दै कम्तिमा २ लाख २ हजार २२२ रुपैयाँ सुरक्षित गरेर्को छ । गोल्डकपको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ र ट्रफी पाउने छ ।
भोलि झापाको बिर्तामोड युनाइटेडले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान