काठमाडौं । नेपाल पुलिस स्कुल, साँगाको आयोजनामा प्रतिष्ठित २९औं आइजिपि फुटवल रनिङ ट्रफी विद्यालयस्तरीय फुटबल प्रतियोगिता यहि मंसिर २० गतेदेखि हुने भएको छ ।
काभ्रे खेलमैदानमा हुने प्रतियोगितामा काभ्रे जिल्ला लगायत उपत्यकाका र उपत्यका बाहिरका विधालयहरु गरी कुल १६ विधालयका १७ वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको उद्घघाटन खेल आयोजक नेपाल पुलिस स्कुल, सागाँ र काठमाण्डौ विश्वविधालय हाइ स्कुल, चौकोट बीच हुने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । साथै प्रतियोगिताको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै