News
काठमाडौं भर्सेज झापाः 'हेभिवेट' भिडन्तको अपेक्षा
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार हुने एक मात्र खेलमा साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली झापा फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेलमा हेभिवेट भिडन्तको अपेक्षा गरिएको छ ।
राम्रा, युवा र अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको दुवै टोलीको लिगतालिकामा भने स्थान धेरै अन्तरको फरकमा छ । अपराजित काठमाडौं २ खेलबाट ४ अंकका साथ चौथो स्थानमा छ । उता पहिलो जितको खोजीमा रहेको झापा भने २ खेलबाट १ अंकका साथ आठौं स्थानमा छ ।
आजको खेलमा काठमाडांैंले जित निकाल्दै शिर्षताको होडमा आफूलाई उभ्याउने प्रयास गर्नेछ भने झापा पहिलो जित निकाल्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै