News मितेरीले किरात गोल्डकपको आगामी दुई संस्करण खेल्न नपाउने, पेपेलाई पनि कारवाहीको सिफारिस (विज्ञप्तीसहित)
गोलनेपाल

फिदिम । शनिबारदेखि शुरु भएको वाइ–वाइ अन्तर्राष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पराजित हुन पुगेको मितेरी फुटबल क्लब, तेह्रथुमलाई प्रतियोगिताको आगामी दुई संस्करण (दोस्रो र तेस्रो) खेल्न नपाउने गरी कारवाही गरिएको छ ।

उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब, फिदिम–१, पाँचथरसँग २–० ले पराजित भएको खेलमा मितेरी क्लबका खेलाडीले खेलको अन्तिमतिर विवाद उत्पन्न गरेका थिए । खेल भावना विपरितको कार्य गरेको भन्दै मितेरीलाई आयोजकले कारवाही गरेको हो ।

त्यस्तै क्लबले विज्ञप्ती जारी गर्दै खेलका क्रममा अश्लिल शब्द प्रयोग र अभद्र हर्कत गरेको भन्दै आयोजक पाँचथरले मितेरीका विदेशी खेलाडी पेपेलाई आफूहरुले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता नगराउने गरी कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ ।

साथै पेपेलाई थप कारवाहीका लागि जिल्ला फुटबल संघ, पाँचथर र अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि सिफारिस गरिएको पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छागी मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Post Comments