News
एनएसएलः बुटवलको पहिलो जित
काठमाडौं । शुरुवाती दुई खेलमा लगातार हार बेहोर्दै खराब शुरुवात गरेको बुटवल लुम्बिनी फुटबल क्लबले दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पहिलो जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा बुटवलले अर्को नवप्रवेशी टोली स्र्पोटिङ इलाम फुटबल क्लबमाथि २–१ को जित निकाल्दै तीन खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो ।
खेलमा भएका तीन गोलहरु दोस्रो हाफमा सम्पन्न भए । ४९औं मिनटमा स्टेफन बिनोङको गोलबाट अग्रता लिएको बुटवलले त्यसलाई गुमाउन पुग्यो । ७९औं मिनटमा अब्दुलाए बा ले इलामका लागि बराबरी गोल फर्काए ।
यद्यपि खेलको ८८औं मिनटमा बुटवलका कप्तान एरिक बिष्टले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको पहिलो र महत्वपूर्ण जित सुनिश्चित गरे ।
खेलमा बुटवल लुम्बिनीका गोलरक्षक मोहमदु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार हात पारे ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै