News
एनएसएल? लगातार दोस्रो जितको योजनामा इलाम, पहिलो जितको खोजीमा बुटवल
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आइतबार स्र्पोटिङ इलाम फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै गर्दा इलाम लगातार दोस्रो जितको योजनामा हुनेछ भने बुटवल पहिलो जितको खोजीमा ।
गत साता झापालाई हराएर उत्साहित बनेको इलाम आज सोही प्रदर्शनलाई बुटवल विरुद्ध दोहोर्याउने योजनासहित मैदानमा उत्रिनेछ । उता लगातार दुई खेलमा हार बेहोरेको बुटवल भने लिगमा पहिलो अंक जोड्ने प्रयासमा हुनेछ । यद्यपि दुवै टोलीको लक्ष्य भने निश्चित जित नै रहनेछ ।
खेल दशरथ रंगशालामा साँझा ५ः३० बजेदेखि शुरु हुनेछ । दर्शकहरुले आईएमई–पे मार्फत अनलाईन वा रंगशाला मै उपस्थित भएर टिकट खरिद गर्न सक्ने छन् । टिकट मुल्य सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० तोकिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै