काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नवप्रवेशी टोली झापा फुटबल क्लबका कप्तान तथा मार्की खेलाडी अन्जन विष्ट खतरामुक्त रहेको क्लबले जनाएको छ । झापाले आफ्नो आधिकारिक पेजमार्फत अन्जन खतरामुक्त रहेको र स्वास्थ्य लाभ गरिरहेको जानकारी गराएको हो ।
स्मरणीय छ, सुपर लिगतर्फ शनिबार दशरथ रंगशालामा भएको झापा र पोखरा थन्डर्स बीचको पहिलो खेलको दोस्रो हाफतर्फ अन्जनले विपक्षीको पोष्टमा हेड गोल प्रयास गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किएर चोटिल बनेका थिए ।
मैदान मै ढलेर केही समय अचेत समेत बनेका अन्जनलाई मैदान मै रहेका चिकित्सकको टोलीले तत्काल उपचार गरि केही सामान्य अवस्था ल्याएका थिए । यद्यपि उनको चोट गम्भिर हो कि सामान्य भन्नेबारे भने खेलका क्रममा खुलाइएको थिएन ।
अहिले आएर भने क्लबले अन्जन खतरामुक्त रहेको पुष्टी गरेको छ । स्मरण रहोस, झापा र पोखरा बीच भएको उक्त खेल १–१ को बराबरीमा टुँगिएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै