
काठमाडौं । चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको स्वास्थ्य उपचारका लागि नेपाली फुटबलमा पछिल्लो एक दशक भन्दा बढी समयदेखि विशेष पहिचान बनाउन सफल गोलनेपालले पनि सहयोगसँगै अभियान थाल्नुका साथै सबैमा अपिल गरेको छ ।
ब्लड ब्यान्सर जस्तो घातक रोगबाट थलिएका प्रशिक्षक अर्यालको स्वास्थ्य लाभको कामनासहित गोलनेपालले नगद १० हजार प्रशिक्षक अर्यालको खातामा सहयोग गर्नुका साथै ‘प्रशिक्षक प्रकाश अर्याल बचाऔं अभियान’ पनि शुरु गरेको छ ।
गोलनेपालका प्रमुख कार्यकारी बिक्रम थापा भन्छन्, ‘नेपाली फुटबलमा प्रशिक्षक अर्यालले पुर्याएको योगदान विशेष छ । उनको त्यो योगदानलाई उच्च मूल्यांकन गर्दै यो बिषम परिस्थतिमा उनलाई सहयोग गर्नु फुटबल बुझेका र मानवताका हैसियतले हामी सबैको कर्तव्य पनि हो । यो अभियानमा सबैको साथ र सहयोग मिल्नेछ भन्ने हाम्रो विश्वास र अपिल छ ।”
जिल्ला हुँदै राष्ट्रियस्तरमा आफूलाई कुशल फुटबल प्रशिक्षकका रुपमा उदाएका प्रकाश अर्याल अहिले जिवन मरणको अवस्थाबाट गुज्रिरहेका छन् । फुटबल प्रशिक्षणमा लामो समय बिताएका अर्याल अहिले ब्लड क्यान्सर जस्तो घातक रोगले थलिएका छन् ।
निकट स्रोतका अनुसार प्रशिक्षक अर्यालको अहिले उपचार चलिरहेको छ । साथै उनको उपचारमा खर्च धेरै हुने भएकाले उनको उपचारमा सहयोग पुर्याउन सम्बन्धित सबैलाई अपिल समेत गरिएको छ । फुटबललाई नै सबथोक सुम्पिएका प्रशिक्षक अर्याल बाँच्न चाहन्छन् । नेपाली फुटबलका लागि अझै केही गर्न चाहन्छन् ।
मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा कै ग्रासरुट फुटबल प्रशिक्षकका रुपमा रहेर काम गर्दै राष्ट्रियस्तरमा पनि नेपालको उमेर समूहको प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका अर्याललाई बचाउन अहिले अभियान नै चलाइएको छ ।
अहिलेका चल्तीका प्रशिक्षक तथा खेलाडीहरु चेतन घिमिरे, निराजन खड्का, दिनेश हेन्जन, हिरा भुजेल जस्तालाई फुटबल सिकाएर एउटा उचाईमा पुर्याएका तीनै प्रशिक्षक अहिले जीवन संकटमा छन् । उनकै उपचार खर्चमा लागेर परिवारको आर्थिक अवस्था पनि कमजोर भईसकेकाले सबैतिरबाट सहयोगको अपिल गरिएको हो ।
प्रशिक्षक प्रकाश अर्याल बचाउ अभियानमा अहिले हाम्रो गोलनेपाल टिम पनि लागिपरेको छ । प्रशिक्षक अर्याललाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले तल उल्लेखित खाता नम्बरमा पनि आर्थिक सहयोग गर्न सक्ने छन् ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577

- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै