News
पहिलो जितको खोजीमा बिरगंज र चितवन
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) शुक्रबार नवप्रवेशी टोली बिरगंज युनाइटेड एफसी र एफसी चितवन आमने सामने हुँदा दुवै टोलीको उद्देश्य पहिलो जित हात पार्नु हुनेछ ।
पहिलो खेलमा पोखरासँग हार र दोस्रो खेलमा काठमाडौंसँग जित नजिक पुगेर पनि बराबरीमा रोकिएको चितवन शुक्रबार भने निश्चित जित हात पार्दै तीन अंक जोड्ने लक्ष्यमा पनि हुनेछ ।
उता आफ्नो पहिलो खेलमा धनगढीसँग पराजित भएको बिरगंज पनि शुक्रबार दोस्रो खेल खेल्दै गर्दा चितवनसँग अंक खोस्ने वा निश्चित तीन अंक जोड्ने योजनामा हुनेछ ।
खेल साँझ ५ः३० बजेदेखि दशरथ रंगशालामा हुँदैछ । दर्शकहरुले आइएमई–पे मार्फत अनलाईन वा सोझै दशरथ रंगशालामा पुगेर टिकट खरिद गर्न सक्नेछन् । टिकट मुल्य सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० रहेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै