News
पूर्व राष्ट्रिय युथ तथा ए डिभिजन खेलाडी मनिष पनि विदेशिए
काठमाडौं । उमेर समूहमा नेपालको यु–१९ टोलीबाट राष्ट्रिय जर्सीमा आफूलाई मैदानमा उतारिसकेका क्षमतावान खेलाडी मनिष थापा पनि आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालको शिर्ष डिभिजनमा एफसी खुमलटार, न्युरोडटिम (एनआरटी) र हिमालयन शेर्पा क्लबका लागि समेत खेलिसकेका मनिषले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण एफसी चितवनमा खेलेका थिए ।
बहुप्रतिक्षित नेपाल सुपर लिगको दोस्रो संस्करण शुक्रबारदेखि शुरु हुने तरखरमा रहँदा मनिष जस्ता उदाउँदा खेलाडहिरु विदेश पलायनको बाटो रोज्नुलाई पक्कै पनि सुखद रुपमा लिन सकिंदैन ।
त्यसो त फुटबललाई बिट मारेर अहिले विदेश पलायन हुने खेलाडीहरुको सूची लामो भईसकेको छ । मनिष त्यही खेलाडीहरुको सूचीमा थपिएका मात्र हुन् । र यो सूची अझै लम्बिने निश्चित पनि छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न