काठमाडौं । साइप्रसमा रहेका प्रवासी नेपालीहरुबीच यही नोभेम्बर १९ तारीखका दिन गोरखा फुटसल कप प्रतियोगिता हुने भएको छ । गोरखा किचेन,यानी ब्यूटी पार्लर, वल्ट गाइज रक्स, एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्स तामाङ समाज,शेर्पा राई समाज र आयोजक गोरखा ब्वाइजको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको छ ।
लीमासोल फुटसल पार्क सेन्टरमा हुने प्रतियोगिताको यही नोभेम्बर १७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको छ । त्यस्तै १८ नोभेम्बरका दिन खेलतालिका प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १००० युरो हात पार्नेछ भने उपविजेताले ५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सुवास मल्लले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने